काठमाडौं- उच्च अदालत विराटनगरका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणको रिपोट अनुसार उच्च अदालतका ती न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो।
सोमबार स्वाब संकलन गरिएको न्यायाधीशको मंगलबार साँझ नतिजा पोजेटिभ आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए।
संक्रमित न्यायाधीश ‘होम आइसोलेन’मा रहेका छन्। संक्रमित भएका न्यायाधीशमा कुनै लक्षण नदेखिएको थपलियाले बताए।
न्यायधीशको सवारी चालकलाई केही दिन अगाडि संक्रमण पुष्टि भएको थियो। चालकलाई संक्रमण देखिएपछि न्यायाधीशले परीक्षणको लागि स्वाब दिएका थिए। यसअघि मोरङ अदालतका एक जना न्यायाधीशलाई पनि संक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।