काठमाडौं-इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डर्सनले ६०० विकेटको कोशेढुंगा पूरा गरेका छन्। पाकिस्तानविरुद्धको सिरिजको अन्तिम खेलमा २ विकेट लिँदै एन्डर्सनले ६०० विकेट पूरा गरेका हुन्।
इंग्ल्यान्डको टेस्ट क्रिकेट इतिहासमै एन्डर्सन ६०० विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले १५६ टेस्ट खेलको २९१ इनिङ्सबाट ६०० विकेट लिएका हुन्। उनको इकोनोमी रेट २.८५ रहेको छ। टेस्ट क्रिकेटमा इंग्ल्यान्डलाई सर्वाधिक विकेट दिलाउने खेलाडीको दोस्रो स्थानमा स्टुआर्ट ब्रोड छन्। उनले ५१४ विकेट लिएका छन्।
एन्डर्सन विश्वमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा छन्। टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा श्रीलंकाका मुथैया मुरलीधरन छन्। उनले २३० इनिङ्समा ८०० विकेट लिएका छन्। टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडीमा अस्ट्रेलियाका शेन वार्न छन्। उनले २७३ इनिङ्समा ७०८ विकेट लिएका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेको भारतका अनिल कुम्बलेले २३६ इनिङ्सबाट ६१९ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।