काठमाडौं- काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठक निषेधाज्ञाबारे कुनै निर्णय नगरी सकिएको छ। बैठकले निषेधाज्ञाबारे छलफल गरेपनि कुनै निर्णय नभएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए।
'आजकाे बैठकमा निषेधाज्ञा थप गर्ने या नगर्ने विषयमा छलफल भयाे। तर निष्कर्षमा पुगिएन। भाेलि फेरि बसेर निर्णय गर्नेछाैँ,' उनले भने। उनका अनुसार बुधबार पनि तीन जिल्लाका प्रजिअहरूको बैठक बस्ने सोही बैठकले थप गर्ने या नगर्नेबारे निर्णय गर्नेछ।
जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाभर निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ।
उपत्यकाका मेयरहरुले पनि निषेधाज्ञा थप गर्न सुझाव दिएका थिए। यसअघि एक साताका लागि जारी भएको निषेधाज्ञा बुधबार राती सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।