काठमाडौं– नेपाली युवा स्टार खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षकमा रायन ह्यारिस नियुक्त भएका छन्।
दिल्लीले बलिङ प्रशिक्षकमा अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर रायनलाई नियुक्त गरेको हो। यसअघि दिल्लीको बलिङ प्रशिक्षकमा अस्ट्रेलियाकै पूर्वखेलाडी जेम्स होप्स थिए। तर उनले यो पटकको आइपिएलमा व्यक्तिगत कारण देखाउँदै दिल्लीको बलिङ प्रशिक्षकमा नरहने निर्णय लिएका थिए।
जेम्स होप्सको निर्णयसँगै दिल्ली बलिङ प्रशिक्षकको खोजीमा रहेको थियो। ४० वर्षीय रायनले किंग्स इलाभेन पञ्जाबबाट समेत आइपिएल खेलेका छन्। उनले अस्ट्रेलियाका लागि २७ टेस्ट क्रिकेटबाट ११३ विकेट, २१ एकदिवसीयमा ४४ र ३ टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ४ विकेट लिएका छन्।
दिल्लीको बलिङ प्रशिक्षकमा नियुक्ति भएसँगै उनले यो आफ्नो लागि एउटा अवसर भएको बताएका छन्। उनी केही दिनमै टिमको बन्द प्रशिक्षणमा युएई पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।