काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। गत २४ घण्टामा मात्र ८ सय ५५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
५७ जिल्लाका २ सय ७१ महिला र ५ सय ८४ पुरुष जना गरी ८ सय ५५ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रदेश १ को ८ वटा जिल्लाका ६९ जनामा कोरोना पुष्टि भएको छ। उदयपुर र ओखलढुंगा र खोटाङका १÷१, झापाका ५, मोरङका १३, सुनसरीका १६ र सोलुखुम्बुमा २ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश २ को ८ वटा जिल्लामा १ सय ८८ जनामा कोरोना भेटिएको छ। धनुषामा ४२, पर्सामा ४, बारामा १७, महोत्तरीमा १७, रौतहटमा ४४, सप्तरीमा ३, सर्लाहीमा ५८ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।
२४ घण्टामा बागमतीमा प्रदेशमा २ सय ९१ जना संक्रमित भेटिएका छन्। ११ वटा जिल्लामा गरी २ सय ९१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ सय ९९, काभ्रेमा ५, चितवनमा ३७, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा १४, मकवानपुरमा २, रामेछापमा १, ललितपुरमा १९ र सिन्धुपाल्चोकमा २ जना संक्रमित भेटिएका छन्।
यस्तै, गण्डकी प्रदेशमा ७ वटा जिल्लामा २९ जना संक्रमित फेला परेका छन्। कास्कीमा १४, गोरखामा २, तनहुँमा ६, नवलपरासी पूर्वमा ४, पर्वतमा २, लमजुङ र बागलुङमा १÷१ जना संक्रमित फेला परेका हुन्।
प्रदेश ५ को ११ वटा जिल्लाका १ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। अर्घाखाँचीका १, कपिलवस्तुका २३, गुल्मीका २, दाङका १८, नवलपरासीका ८, पाल्पाका ४, बर्दियाका ६, बाँकेका १५, रुपन्देहीका ६९ र रोल्पाका ३ जनामा कोरोना पुष्टि भएको हो।
गत २४ घण्टामा कर्णाली प्रदेशको ६ वटा जिल्लामा २० जनामा कोरोना पाइएको छ। कालीकोटमा ५, जुम्लामा १, दैलेखमा ४, मुगुमा १, सल्यानमा ४ र सुर्खेतमा ५ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिमको ७ वटा जिल्लामा कोरोना भेटिएको छ। अछाममा १९, कञ्चनपुरमा १२, कैलालीमा १६, डडेल्धुरामा २, डोटीमा ४५, बझाङमा १ र बैतडीमा २ गरी १ सय ५ जनामा कोरोना भेटिएको हो।
कुल संक्रमितमध्ये १४ हजार २ सय ५० जना सक्रिय संक्रमित छन्। जसमध्ये ८ हजार ५ सय ८१ संस्थागत होम आइसोलेसनमा छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या ६ लाख २१ हजार ९ सय १ पुगेको छ। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या १० हजार ४ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।