काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कोभिडको पिसिआर परीक्षण गराउँदा ५ हजार ५ सयभन्दा बढी शुल्क नतिर्न आग्रह गरेको छ।
आइतबार प्रयोगशाललाले सूचना निकाल्दै कुनै पनि व्यक्तिले कोभिडको पिसिआर गराउनु परेमा परीक्षण गर्ने संस्थालाई सरकारले तोकेको ५ हजार ५ सयभन्दा बढी शुल्क नतिर्न आग्रह गरेको हो।
प्रयोशालाले यदि परीक्षण गर्ने संस्थाबाहेक अनुमतिप्राप्त अन्य संस्थामा स्वाब कलेक्सन गरेको अवस्थामा सरकारले तोकेको पिसिआर शुल्कमा थप १० प्रतिशत लिन पाउने जनाएको छ।
यदि कुनै संस्थाले तोकेको भन्दा बढी शुल्क मागेमा वा कोभिड पिसिआरसम्बन्धी कुनै गुनासो भएमा प्रयोगशाललाको सूचना अधिकारीको नम्बर ९८०१०६९३८३ र प्रयोगशालाको टेलिफोन नम्बर ०१५३५२४२१ वा इमेल ठेगाना [email protected] मा सम्पर्क गरी गुनासो गर्न आग्रह गरेको छ।
त्यस्तै, प्रयोगशालाले नेपाल सरकारले कोभिड १९ को पिसिआर परीक्षण गर्नका लागि अनुमति प्राप्त गरेका निजी प्रयोगशालाहरुले घरमै गएर स्वाब कलेक्सन गर्न नपाउने बताएको छ।
प्रयोगशाललाले होम कलेक्सन नगर्न/नगराउन सबैलाई सुचित गरेको छ ।
पिसिआर परीक्षण गराउन चाहने कुनै पनि व्यक्तिले सम्बन्धि संस्थामा उपस्थित भई स्वाब कलेक्सन गराउन अनुरोध समेत प्रयोगशालाले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।