काठमाडौं- नेपालमा गत २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा १ महिला र ६ पुरुष गरी सात जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो।
यस्तै सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६, र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ जना पुगेको छ।
हाल संस्थागत आइसोलेनमा ८५८१ जना छन् भने आज ३१३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
विगत २४ घण्टायता ११३२७ जनाको पिसिआर परीक्षण भएर हालसम्म ६२१९०१ जनाको परीक्षण भएको छ। हाल १०४५३ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।