• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौंका अस्पतालमा भर्ना भएका ९० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण

कमला गुरुङ/सिर्जना खत्री मंगलबार, भदौ ९, २०७७  १६:१४
1140x725

काठमाडौं- भदौ ७ गते बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु भयो। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ती दुई संक्रमितको मृत्यु भएको थियो। 

दुवै संक्रमितलाई अस्पताल भर्ना गर्नुको कारण थियो, श्वासप्रश्वासमा समस्या। दुईमध्ये एक संक्रमित उच्च रक्तचाप र मिर्गौलाका बिरामी समेत थिए। अस्पतालका अनुसार उनीहरुमा देखिएको मुख्य लक्षण भनेकै श्वासप्रश्वासमा समस्या थियो।    

कोरोना संक्रमित यी दुई मृतकमा मात्र होइन, पछिल्लो समय कोरोना पोजेटिभ भेटिएका धेरैमा लक्षण देखिने गरेको छ। सुरुवाती दिनमा नेपालमा भेटिने अधिकांश संक्रमित लक्षणविहीन हुने गर्थे। तर पछिल्लो समय भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षण देखिएको छ। 
लकडाउनको अन्त्यसँगै बढेको चहलपहलले पनि कोरोनाको जोखिम बढाएको छ। विज्ञहरुका अनुसार लक्षण भएका संक्रमितबाट अन्य व्यक्तिमा कोरोना सर्ने जोखिम पनि बढी हुन्छ। 

हाल संस्थागत आइसोलेसनमा रहेका अधिकांशजसो संक्रमितमा कुनै न कुनै लक्षण भएर नै अस्पताल भर्ना हुने गरेका छन्। कोरोनाको उपचार हुने देशका विभिन्न अस्पतालमध्ये ९ वटा अस्पतालमा स्वास्थ्यखबरले यसबारे बुझ्ने प्रयास गरेको छ।

ती अस्पताल हुन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल एपिएफ अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, सेती प्रादेशिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र लुम्बिनी प्रादेशिक अस्पताल। 

यी अस्पतालहरुमा गरिएको सोधपुछमा हामीले भर्ना भएका अधिकांश संक्रमितमा लक्षण देखिएको पाइएको छ। जसमध्ये रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या अधिकांशमा देखिने मिल्दोजुल्दो लक्षण हुन्।

यी अस्पतालबाट प्राप्त तथ्यांकलाई केलाउँदा काठमाडौं उपत्यकाका अस्पतालमा भर्ना भएका ९० प्रतिशत बढी संक्रमितमा लक्षण देखिएको छ। 

नेपाल एपिएफ अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पतालमा लक्षण देखिएका संक्रमित मात्र आइसोलेसनमा छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौं उपत्यका बाहिरका नारायणी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, सेती प्रादेशिक  र लुम्बिनी प्रादेशिक अस्पतालमा पनि अधिकांश लक्षण भएका संक्रमित छन्। यद्यपि, तुलनात्मक रुपमा काठमाडौं उपत्यकामा लक्षण भएका बढी संक्रमित भर्ना भएको पाइएको छ। 

यी अस्पतालहरुका अनुसार अधिकांशमा लक्षण देखिन थालेको करिब डेढ महिना अघिदेखि मात्र हो। यसले पनि लकडाउनपछि भेटिएका अधिकांश संक्रमितमै लक्षण देखिएको भन्न सकिन्छ। 

यी ९ वटा अस्पतालमा गरी सोमबार साँझसम्मको तथ्यांक अनुसार ५ सय ८७ जना संक्रमित उपचाररत छन्। जसमध्ये ६ वटा अस्पतालमा गरी ६७ जना आइसियुमा छन्। 

यी अस्पतालहरुमा भर्ना भएका कति संक्रमितमा लक्षण देखिए? कस्ता खालका लक्षण देखिएका छन्? लगायत विषयमा हामीले बुझेका छौंः

नेपाल एपिएफ अस्पताल
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार हुने विभिन्न अस्पतालमध्ये एक हो, बलम्बुस्थित नेपाल एपिएफ अस्पताल। हाल यो अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालको नामले समेत चिनिन्छ।  

यस अस्पतालमा कोरोना संक्रमितको उपचार हुन थालेको करिब साढे तीन महिना भयो। यो अवधिमा यस अस्पतालबाट २ सय ९४ जना उपचारपछि डिस्जार्च भएका छन्। सोमबार साँझसम्मको तथ्यांक अनुसार १ सय ४५ जना संक्रमित उपचाररत छन्। जसमध्ये १३ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपालले बताए।

उनका अनुसार साढे तीन महिनाको अवधिमा भर्ना भएका ७० प्रतिशत संक्रमितमा कोरोनाको कुनै न कुनै लक्षण देखिएको थियो। तर हाल भर्ना भई उपचारमा रहेका करिब ९० प्रतिशत संक्रमितमा लक्षण देखिएको अस्पतालले जनाएको छ।  

डा नेपालले भने, ‘पहिले भर्ना भएका ७० प्रतिशत संक्रमितमा लक्षण देखिन्थ्यो। तर अहिले भर्ना भएका ९० प्रतिशतमा कुनै न कुनै लक्षण छ। अहिले भर्ना हुने पनि अधिकांशमा लक्षण भएकै हुन्छ।’  

एपिएफ अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा देखिएका लक्षण भनेको श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, रुघाखोकी, ज्वरो आउने नै हुन्। कतिपय संक्रमित त अस्पताल भर्ना भएको एक घन्टामै समेत मृत्यु हुने गरेको डा नेपाल बताउँछन्। 

यस अस्पतालमा पहिलो संक्रमित जेठ १ गते भर्ना भएका थिए। कोरोना संक्रमितको उपचारका लागि एपिएफ अस्पतालले १ सय २० शय्याको आइसोलेसन, २० आइसियु र ८ वटा भेन्टिलेटर छुट्याएको छ। 

यस अस्पतालले संक्रमितको उपचारका लागि चिकित्सक सहितको ७० जना स्वास्थ्यकर्मी खटाउने गरेको छ। हालसम्म यस अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन्। तर बढ्दो संक्रमितको संख्याका कारण स्वास्थ्यकर्मी संक्रमित हुने सम्भावना बढेको डा नेपाल बताउँछन्।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको छ। 

हालसम्म २ सय ५६ संंक्रमित भर्ना भएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले बताए। हाल शुक्रराज अस्पतालमा सोमबार साँझसम्मको तथ्यांक अनुसार ४० जना संक्रमित उपचाररत छन्। जसमध्ये १७ संक्रमित आइसियुमा छन् र १३ जनालाई अक्सिजन दिएर राखिएको डा बाँस्तोलाले जानकारी दिए।

अस्पतालका निर्देशक डा सागरराज भण्डारीका अनुसार पहिले भर्ना भएका एक तिहाइ संक्रमितमा मात्र लक्षण हुन्थ्यो। तर हाल अस्पताल भर्ना हुने सबैमा लक्षण हुने गरेको उनले बताए। 

‘पहिले भर्ना भएका एक तिहाइमा मात्र लक्षण देखिन्थ्यो। तर अहिले यो अस्पतालमा भर्ना हुने भनेको लक्षण भएका मात्र हुन,’ उनले भने।

हाल संक्रमितमा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, घाँटी दुख्ने र केहीमा गन्ध र स्वाद नपाउने लक्षणहरु देखिएका छन्। सुरुमा खोकी लाग्ने, ज्वरो आउने लक्षण भएका संक्रमित भर्ना भए पनि पछि श्वासप्रश्वासमा समस्या देखिने समेत गरेको निर्देशक भण्डारीले जानकारी दिए। 

कोरोना संक्रमितको उपचारका लागि शुक्रराज अस्पतालले ३४ आइसोलेसन, २० आइसियु, ६ भेन्टिलेटर र ३ वटा अक्सिजनको व्यवस्था गरेको छ। 

पाटन अस्पताल, ललितपुर 
कोरोनाको आशंकामा हालसम्म १ हजार ३ सय १३ जना व्यक्ति ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन्। जसमध्ये करिब ११ सय संक्रमित उपचारपछि डिस्जार्च भएको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए। 

हालसम्म पाटन अस्पतालमा आइसियुमा भर्ना हुने संक्रमितको संख्या ४७ पुगेको छ। १८ जना संक्रमितको यस अस्पतालमा मृत्यु भएको छ। हाल १ सय ३ जना संक्रमित उपचाररत छन्। 

डेढ महिना अघिसम्म यस अस्पतालमा धेरैजसो लक्षणविहीन संक्रमित मात्र थिए भने हाल भर्ना हुने अधिकांश संक्रमितमा लक्षण देखिएको छ। 

निर्देशक शाक्य भन्छन्, ‘डेढ महिना अघिसम्म यस अस्पतालमा लक्षण नभएका संक्रमित नै थिए। तर अहिले लक्षण भएका संक्रमित ह्वात्तै बढेका छन्।’

लक्षण भएकालाई प्राथमिकता दिने सरकारको नीतिका कारण पनि सबैजसो लक्षण भएका संक्रमित मात्र भर्ना भएको उनले बताए। अधिकांशमा श्वासप्रश्वासमा समस्या, निमोनिया भएको पाइएको छ भने माइल्ड लक्षणमा घाँटी खसखस हुने, ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएको अस्पतालले जनाएको छ। 

यस अस्पतालमा ७५ आइसोलेसन बेडको आइसोलेसन वार्ड, २१ आइसियु र १५ वटा भेन्टिलेटरको व्यवस्था गरेको छ। 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल ७५ जना कोरोना संक्रमित उपचाररत छन््। जसमध्ये एक जना भेन्टिलेटर र ६ जना आइसियुमा रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले बताए। 

अहिलेसम्म त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने संक्रमितको संख्या १ सय ४० पुगेको छ। यस अस्पतालमा पनि लक्षण भएका संक्रमित मात्र भर्ना हुने गरेको संयोजक डा दासले बताए। 

उनले भने, ‘हामीकहाँ भर्ना हुने भनेकै लक्षण भएका संक्रमित मात्र हुन्। त्यसैले प्रायः सबै संक्रमितमा कुनै न कुनै लक्षण छ।’ 

उनका अनुसार अधिकांशमा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, ज्वरो, निमोनियाको लक्षण देखिएको छ। कोरोना संक्रमितको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले १० आइसियु र ५ वटा भेन्टिलेटर सहितको १ सय ३० आइसोलेसन वार्ड छुट्याएको छ। 

नारायणी अस्पताल, वीरगञ्ज
वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार हुन थालेको पाँच महिना भयो। चैत ६ गतेबाट यस अस्पतालमा संक्रमित भर्ना हुन सुरु गरेको हो। पर्सा हाल कोरोना हटस्पट जिल्लाको रुपमा समेत चिनिन्छ। 

यो अवधिमा नारायणी अस्पताल ३ सय ९४ जना संक्रमितलाई उपचारपछि घर पठाउन सफल भएको छ। ५० जना उपचाररत संक्रमितलाई निको बनाउन यो अस्पताल र यहाँका स्वास्थ्यकर्मी दिनरात खटिरहेका छन्। ५० मध्ये १० जना संक्रमित आइसियुमा छन्। ५ जनालाई अक्सिजन दिएर राखिएको अस्पतालका कोभिड फोकल पर्सन डा उदयनारायण सिंहले बताए। 

नारायणी अस्पतालमा पनि साउन महिनाबाट लक्षण भएका संक्रमित मात्र अस्पताल भर्ना भएका छन्। डा सिंहका अनुसार ८५ प्रतिशत संक्रमितमा लक्षण देखिएका छन्। विशेषगरी खोकी र ज्वरो आउने लक्षण भएका संक्रमितहरु भर्ना भएको अस्पतालले जनाएको छ। 

केही संक्रमितमा शरीर दुख्ने, झाडापखाला लाग्ने, हल्का खोकी र निमोनिया पनि देखिएको छ। माइल्ड लक्षण भएका धेरै संक्रमित रहेको डा सिंहले बताए। 

उनका अनुसार ३० देखि ४० प्रतिशत संक्रमितमा निमोनिया, १० देखि १५ प्रतिशतमा झाडापखालाको लक्षण देखिएका छन्। कोरोना संक्रमितको उपचारका लागि ६५ आइसोलेसन वार्ड, १० आइसियु र ३ वटा भेन्टिलेटरको व्यवस्था गरेको नारायणी अस्पतालले जनाएको छ। 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
धेरै कोरोना संक्रमितको उपचार हुने अस्पतालमध्ये बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि एक हो। 

हालसम्म ६ सय १५ जना संक्रमित यस अस्पतालमा भर्ना भएका छन्। जसमध्ये ११ जनाको त मृत्यु भइसकेको छ। ६ सय ७९ जना डिस्चार्ज भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले बताए। 

हाल ५३ जना संक्रमित उपचाररत छन्। सुरुवाती दिनमा लक्षण नभएका संक्रमित आउने गरेकामा गत दुई सातादेखि लक्षण सहितका संक्रमित आउने गरेको सापकोटाले बताए। ज्वरो खोकी, रुघा लाग्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या देखिने खालको लक्षण देखिएको उनले बताए। यस अस्पतालमा १५ आइसियु १० वटा भेन्टिलेटर सहितको १ सय आइसालेसन वार्ड छुट्याइएको छ।   

भरतपुर अस्पताल, चितवन
चितवनस्थित भरतपुर अस्पतालमा हालसम्म १ सय ७४ कोरोना संक्रमित भर्ना भएका छन्। जसमध्ये तीन जनाको मृत्यु भएको समेत भएको छ। १ सय ३ जना उपचारपछि डिस्जार्च भएको अस्पतालका सूचना अधिकृत लिला पौडेलले बताए। 

सोमबार साँझसम्मको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ६८ जना संक्रमित उपचाररत छन्। जसमध्ये ४९ जना लक्षणविहीन रहेको पौडेलले बताए। १३ जनामा रुघाखोकी, पखाला, ज्वरो, निमोनिया जस्ता लक्षण देखिएको छ।ण्

अस्पतालका अनुसार लक्षण भएकामध्ये ६ जना संक्रमित आइसियुमा छन्। एकको अवस्था गम्भीर छ। अस्पतालमा १० आइसियु र ६ भेन्टिलेटर सहितको ७५ आइसोलेसन बेडको व्यवस्था छ। यस अस्पतालमा चिकित्सक, नर्स सहित ७ सय कर्मचारी छन्। 

सेती प्रादेशिक अस्पतालमा, धनगढी
सेती प्रादेशिक अस्पताल धनगढीमा हालसम्म १ सय ४ जना कोरोना संक्रमित भर्ना भएका छन्। जसमध्ये १ जनाको मृत्यु भएको छ। ८८ जनालाई यस अस्पताल निको बनाउन सफल भएका छन्। 

हाल १३ जना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकृत दिलिप श्रेष्ठले बताए। हाल भर्ना भएका संक्रमितमध्ये ७ जनामा मात्र लक्षण देखिएको छ। कुल १ सय ४ संक्रमितमध्ये ४३ जनामा टाउको दुख्ने, सुख्खा खोकी, ज्वरो, पखाला लाग्ने र कडा खालको निमोनिया हुने जस्ता लक्षणका साथ अस्पताल भर्ना भएका थिए। 

यस अस्पतालमा १० आइसियु र ७ भेन्टिलेटर जडित शय्या छन्। जसमध्ये सेती अस्पतालले कोरोनाका बिरामीका लागि ५ आइसियु र ३ भेन्टिलेटर सहितको ५० बेडको आइसोलेसन छुट्याएको सूचना अधिकृत श्रेष्ठले बताए।

कुल १ सय ५० जना जनशक्ति रहेकोमा सेती अस्पतालले २५ जनालाई कोरोना उपचारका लागि खटाएको छ। 

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले ४० जना संक्रमित उपचाररत छन्। जसमध्ये १७ जना आइसियु छन्। 

हालसम्म १ सय २० संक्रमित उपचारका लागि भर्ना भएको अस्तालका कोभिड फोकल पर्सन सुदर्शन थापाले बताए। जसमध्ये ५० जना आइसियुमा भर्ना भएका थिए। कुल संक्रमितमध्ये ५ जनाको मृत्यु र ९२ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ। 

अस्पताल भर्ना भएका करिब ३० प्रतिशत संक्रमितमा कुनै न कुनै लक्षण देखिएको थापाले जानकारी दिए। अस्पतालले ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या भई लक्षण देखिएका संक्रमितलाई मात्र हाल भर्ना लिने गरेको छ। 

अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १७ आइसियु र २ भेन्टिलेटर सहितको ३६ आइसोलेसन वार्ड छुट्याएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ ९, २०८३
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्