• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौंमै सम्पर्कविहीन छन् कोरोना संक्रमित

'संक्रमित सम्पर्कविहीन बन्दा जोखिम बढ्यो'
64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०७७  १५:१६
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएसँगै संक्रमित नै सम्पर्कविहीन हुने क्रम पनि बढ्दै गएको छ। काठमाडौं उपत्यकामा दैनिक १ सयदेखि दुई सयसम्म कोरोना संक्रमित भेटिँदा संक्रमित नै सम्पर्कविहीन बढ्ने क्रम पनि बढेको देखिएको छ। काठमाडौं महानगरमा मात्र आइतबारसम्म २७ जना कोरोना संक्रमित सम्पर्कविहीन रहेको महानगरले जानकारी दिएको छ। 

काठमाडौ महानगरपालिका भित्र मात्र २७ जना संक्रमित सम्पर्कमा छैनन्। यसरी सम्पर्कविहीन हुनेहरुमा गलत नम्बर टिपाएका, नाकामा स्वाब दिएर आएका र फोन नम्बर दिएर पनि मोबाइल अफ गरेर बसेका व्यक्ति भएको महानगरले जनाएको छ।

सम्पर्कविहीन हुनेमा अधिकांश प्रभावित जिल्लाबाट आएका र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु रहेको बताइएको छ। केही सम्पर्कविहीनमध्ये अधिकांश कवाडी संकलनको काम गर्नेहरू भएको महानगरको भनाइ छ। उनीहरू संक्रमित भएपनि सम्पर्कमा नरहेका कारण कवाडी संकलनका लागि घरघर पुग्न सक्ने भएकाले जोखिम बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार यस्ता बेपत्ताको संख्या करिब ४० रहेको छ। साउनको अन्तिम हप्ता यस्तै एक व्यक्ति सार्वजनिक यातायात चढेर टेकु पुगेपछि मन्त्रालयसम्म रिपोर्टिङ पुगेको थियो। सम्पर्कविहीन व्यक्ति खोजी गर्न प्रहरीको सहयोग लिने निर्णय गरिएको थियो।  

काठमाडौं महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले सम्पर्कविहीन संक्रमितको खोजी भइरहेको बताएका छन्। वडाको सम्पर्कमा नआएका, नम्बर गलत टिपाएकाहरु सम्पर्कविहीन भएका उनले बताए। वडा मार्फत सङ्क्रमितको खोजी भइरहेको ओलीले जानकारी दिए।

लकडाउनअघि न्यून मात्रमा रहेको संक्रमण लकडाउन खुलेसँगै बढेको काठमाडौ महानगरका फोकल पर्सन ओलीको भनाइ छ। ‘साउन ५ गते सरकारले लकडाउन खोल्ने निर्णय गरेपछि नै अधिकांश वडामा संक्रमित थपिएका हुन्,’ ओलीले भने, ‘अहिले महानगरका ३२ वटै वडामा पुगेको छ यो अझै बढ्छ्।’ वडाध्यक्षहरुले पनि लकडाउन खुलेसगै मानिसहरु राजधानी भित्रदा स्वास्थ्य सावधानी अपनाउन नसक्दा फैलिएको बताए।  

महानगरको आफ्नै आइसोलेसन छैन। महानगरको आफ्नै आइसोलेसन नहुँदा सङ्क्रमीतहरु घर बस्नै बाध्य छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डगोंलले महानगरले आफैले आइसोलेसन बनाउन नपाएकाले सङ्क्रमितलाई होम आइसोलेसनमा राख्नुबाहेक विकल्प नभएको बताए। ‘महानगरको आफ्नै आइसोलेसन छैन,’ डगोंलले भने, ‘लक्षण नदेखिएका अवस्था सामान्य भएका सङ्क्रमितलाई होम आइसोलेसनमा राखिएको हो।’ 

सङ्क्रमितलाई होम आइसोलेसनमा राख्दा छिमेकीले अमानवीय व्यवहार गरेको आफूहरुलाई खबर आएको वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटाले बताइन्। ‘एक जना कोरोना सङ्क्रमितलाई छिमेकीले छिछिर दुर्दुर गर्नुभएछ,’ सापकोटाले भनिन्, ‘मैले फोनै गरेर सचेत गराएँ। सामाजिक सञ्जालबाट पनि सचेत गराएकी छु। अहिले कम भएको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

कामनपा वडा नम्बर ७ का वडा अध्यक्ष शुद्ध डगोंल समाज निर्दयी हुँदै गएको बताउँछन्। ‘हाम्रो समाज निर्दयाी रहेछ कोही सङ्क्रमित देख्यो भने माया हैन त्यो टोललाई नै छिछिर दुरदुर गरेको पाइयो,’ डगोंलले भने, ‘समाज निर्दयी भएको छ कसरी सचेत गराउने सोचिरहेको छु।’ डगोंलका अनुसार कटुबहालमा लकडाउन खुलेपछि बाहिरबाट आएकाहरु बस्ने घरमा ५/६ सय स्थानीयले घर घेर्न पुगेका थिए। 

संक्रमण बढ्ने अनुमान, निषेधाज्ञा लम्ब्याउने सुझाव
काठमाडौं उपत्यकाका मेयरहरुले कोरोना भाइरसको संक्रमण थप फैलन सक्ने भन्दै भदौ १५ सम्म निषेधाज्ञा कायमै गर्न सरकारलाई सुझाव दिएका छन्। उपत्यकामा १५ हजार संक्रमित हुन सक्ने अनुमान गर्दै उनीहरूले यस्तो सुझाव संघीय सरकारलाई दिएका हुन्। 

यस्तै गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपानेसहितको उपस्थितिमा गृह मन्त्रालयमा आयोजित सुरक्षा ब्रिफ्रिङ बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख चक्रबहादुर बुढा, गृहमन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र इन्द्रजित राईले काठमाडौं उपत्यकाभर कोरोनाको संक्रमण दर बढेको र स्थिति भयावह उन्मुख रहेको विश्लेषण गरेका छन्।

काठमाडौका तीन वटै जिल्लामा निषेधाज्ञा जारी छ। यो अवधिमा उपत्यकामा दैनिक एकसय देखि २२६ सम्म संक्रमित फेला परिरहेका छन्। निषेधाज्ञा जारी गरेपछि संक्रमितको संख्या कम हुने अनुमान गरिएपनि त्यो हुन सकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपत्यकाको सबैभन्दा धेरै संक्रमित काठमाडौ महानगरभित्र रहेका छन्। ३२ वडामा कोरोना सङ्क्रमितको संख्या (भदौ ६ गतेसम्म) १ हजार ६ सय २० पुगेको छ। जसमा ३ सय ६९ जना होम आइसोलेसनमा छन् भने हालसम्म कोरोना निको हुनेमा २ सय ३१ जना रहेको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखा कोभिड-१९ फोकल पर्सन ज्ञानबहादुर ओलीले बताए। उनका अनुसार मृत्यु हुनेका सङ्ख्या ९ जना छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्