काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले खाद्य वस्तुका पसल बिहान सवा ९ सम्म खुला गर्न पाइने स्पष्ट पारेको छ। आइतबार एक सूचना जारी गर्दै कार्यालयले निषेधाज्ञा जारी गरेको समयमा पनि खाद्यवस्तुका पसल खोल्न सकिने समयतालिकाबारे कार्यालयले स्पष्ट पारेको हो।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा बसेको बैठकले भदौ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन्। तर यो अविधिमा पनि बिहान ९:१५ बजेसम्म पसल खुल्ला गर्न पाइने गरी स्पष्ट पारिएको हो।
तर जुनसुकै पसल खोल्दा पनि सामाजिक दुरी, मास्कको प्रयोग भने अनिवार्य गरिएको छ।
निषेधाज्ञा भदौ १० गते राती १२ बजेसम्म लागू हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।