फाइल तस्बिर
बाँके- केही महिनाअघि प्रदेश- ५ को हटस्पट बनेको नरैनापुरमा फेरि संक्रमण देखिन थालेको छ। आइतबार एक जनामा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए। बाँकेमा आइतबार आठ जना संक्रमित थपिँदा नरैनापुरका एकजनामा पुष्टि भएको हो।
नरैनापुर- ५ की २५ वर्षीया महिलामा कोरोना देखिएको शाहले बताए।
बाँकेमा शुरुवाती चरणमा कोरोना संक्रमित देखिँदा नरैनापुर हटस्पट बनेको थियो। एकैपटक सयभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि नरैनापुरमा सेना परिचालन गरिएको थियो। बिस्तारै भीडभाड र भारतबाट जथाभावी आउने क्रम रोकिएपछि कोरोना शून्यमा झरेको थियो।
कोरोना संक्रमणवाट मर्ने दोस्रो व्यक्ति नरैनापुरकै थिए। १० जनाको स्वाब संकलन गरेर पठाएकोमा एक जनामा पुष्टि भएको अध्यक्ष शाहले बताए।
आइतबार थपिएका संक्रमितमा नेपालगञ्जका ५ जना र कोहलपुरका दुई जना रहेका छन्। बाँकेमा संक्रमितको संख्या ८ सय २९ पुगेको छ। २ सय ११ जना उपचाररत छन् भने ६ सय १४ जना डिस्चार्ज भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।