काठमाडौं– कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार आइतबार देशभर ३ हजार ९ सय ४३ जना संक्रमित होम आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा ३ हजार २ सय ७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश ५ मा २८६, प्रदेश १ मा २७३, बागमती प्रदेशमा १११,सुदूरपश्चिम प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सबै भन्दा थोरै गण्डकी प्रदेशमा १८, जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ।
होम आइसोलेनसमा बस्नेको संख्या शनिबार ३ हजार ९ सय १६, शुक्रबार ३ हजार ५ सय ८६, बिहीबार ३ हजार ४ सय ७२ जना र बुधबार ३ हजार १ सय ३१ जना थियो।
हाल देशभर हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।