काठमाडौं– कास्कीमा निषेधाज्ञाको अवधि थप पाँच दिन बढाइएको छ। यसअघि घोषित आइतबारसम्मको निषेधाज्ञा भदौ १२ सम्म लम्ब्याइएको हो।
कोरोना संकट व्यवस्थापन जिल्ला समितिले भदौ २ देखिको निषेधाज्ञालाई बढाउने निर्णय गरेको हो। निषेधाज्ञामा अत्यावश्यक सवारी साधन बाहेकका साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ।
दैनिक उपभोग्य सामग्री र औषधीका पसल भने खुला रहने प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।