• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'होम आइसोलेसनमा बस्छु' भनेर संक्रमितहरू काममा जाने गरेको पाइयो

आफैं संक्रमित छु कसैले सहयोग गरेन
नितेन्द्रप्रसाद साह  आइतबार, भदौ ७, २०७७  १८:०८
1140x725

काठमाडौं- प्रदेश २ को धेरै जिल्ला संक्रमणको चपेटामा छन्। यीमध्ये सबैभन्दा प्रभावित जिल्ला पर्सा हो। तराइको यो जिल्लामा संक्रमण फैलिनुको पहिलो कारण खुल्ला सीमा हो। योसंगै यहाँमा मानिसहरुमा जनचेतनाको अभावले पनि कोरोनाले पर्सामा महामारीको रूप लिएको छ। लक्षण नदेखिएको र मानिसहरूले मास्क लगाउने र सामाजिक दुरी पालना गराउने कुरा आकाशकै फलझैं भएको छ। 

शनिबारमात्र नगरबासी एक जना कोरोना संक्रमितले ज्यान गुमाउनु पर्‍यो। हामीले बचाउने कोसिस गर्दा गर्दै एक जनालाई गुमाएका छौँ।  मृत्यु हुने बहुदरमाई नगरपालिका वडा न.४ का ६१ वर्षीय वृद्ध हुन्। अली अर्थो ट्रामा सेन्टरमा कोरोना पुष्टि भएपछि उनको उपचार भइरहेको थियो। केही दिनदेखि अवस्था जटिल भएपछि नगरपालिकाले नारायणी कोभिड अस्थायी कोरोना अस्पताल वीरगंज पठाइएको थियो। 

उनको गत भदौ ३ गते स्वाब संकलन गरिएको थियो। पिसिआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ४ रति ८ः३० बजे अस्पताल पठाइएको थियो। मृत्यु भएका पुरुषमा श्वासप्रश्वास,टाउको दुखाई,वान्ता,दम हुने समस्या कारण गत श्रावण ३१ गते उनको अली अर्थो ट्रामा सेन्टरमा उपचारको लागी भर्ना गरिएको थियो। नगरमा रहेका संक्रमितमध्ये लक्षण भएका बिरामी उनी मात्र थिए।

अहिले म आफैं पनि दुई हप्तादेखि कोरोना संक्रमित भएर होम आइसोलेनमा बसेको छु। जनतालाई कोरोनाबारे भन्दाभन्दै कति बेला मलाई संक्रमण भयो पत्तै पाउन सकिनँ। परीक्षण गर्दा कोरोना पोजेटिभ आयो। अहिले घरबाटै नगरपालिकाको काम गरिरहेको छु।

मैले सावधानी अपनाएकाले मेरो घर परिवारमा भने संक्रमण फैलन पाएन।

हाल नगरपालिकामा १२३ जना संक्रिय संक्रमित छन्। नगरभित्र १४४ जनामा संक्रमण पुष्टि भएकोमा २० जना उपचारपछि निको भएर फर्केका छन्।

विद्यालयलाई आइसोलेसन सेन्टर
नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएको र नारायाणी अस्पतालमा ठाउँ नहुने थालेपछि आफैं आइसोलेन निर्माण गरेका छौँ। क्वारेनटाइन निर्माण गरिएको अस्पताललाई अहिले अस्थायी आइसोलेसन बनाएका छौँ। नगरका तीन वटा विद्यालयलाई आइसोलेसन र सेमी आइसोलेन बनाएर चलाएका छौँ। अहिले ६० जना होम आइसोलेसनमा छन् भने ६३ जना नगरले बनाएको अस्थायी आइसोलेनमा रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

चुलिमेराको क्वारेनटाइनलाई ५० वेडको आइसोलेन बनाएर चलाइरहेका छौँ। नगरका अधिकांश संक्रमितमा लक्षण नभएकाले आइसोलेनमा राखेका छौँ। नगरले सेमीआइसोलेनको रुपमा महावीर साह माध्यमिक विद्यालय र सीताराम आधारभूत विद्यालय भौराटारमा बनाएका छौँ। 

मेयर र दुई वडाध्यक्ष संक्रमित
कोरोना महामारी अहिले सबैका घरघरमा पुगेको छ। जनप्रतिनिधि पनि यसको संक्रमणमा परेका छन्।  मसहित चार र पाँच नम्बर वडाका वडाध्यक्ष संक्रमित भएर होम आइसोलेनमा छौँ। हामीलाई स्थानीयबाटै संक्रमण भएको हुनुपर्छ। जनतासँग धेरै भेटघाट हुने भएकाले त्यहीँबाट सरेको भन्ने हाम्रो अनुमान हो। 

एउटै टोलमा ६५ संक्रमित
नगरको भौहराटार टोलमा मात्र ६५ संक्रमित रहेका छन्। यो नगरको कोरोना हटस्पट बनेको छ। यही कारण यही नजिकै रहेको एक विद्यालयलाई हामीले आइसोलेन सेन्टर बनाएका छौँ। उक्त विद्यालयलाई थप मर्मत गर्दै अहिले संक्रमणको लक्षण नदेखिएका तर पोजेटिभ आएका मानिसहरुलाई राखेका छौँ। नगरपालिका र वडाले नियमित रुपमा संक्रमितहरुको अनुगमन गर्ने गरेको छ। 

आइसोलेनबाट भागेर काममा 
यो नगरका धेरै मानिस निरक्षर भएकाले बुझाउन नसकिएको अवस्था छ। मास्क लगाउने, सामाजिक दुरी पालना गराउने र साबुनपानीले हात धुने कुरा सुनाउँदा यहाँ नौलो हुन्छ। मानिसहरु यो कुरा पालना गर्दैनन्। नगरले सबै वडामा मास्क र साबुन वितरण गरेको छ तर उनीहरूले त्यसको प्रयोग गर्न नचाहेको पाइएको छ। केही दिनअघि आइसोलेनमा रहेका संक्रमित खेतमा काम गर्न पुगेको पाइयो।

लक्षण नभएकाले मलाई केही भएको छैन भन्दै मानिसहरु आइसेलेसन सेन्टरबाट बाहिर हिँड्न बल गर्छन्। नगरले आफूहरुलाई अनावश्यक रुपमा थुनेर राखेको भन्दै उनीहरुले समय समयमा झगडा समेत गर्ने गरेका छन्। नगरको रहरले कसैलाई थुनेको होइन, यो समुदायमा फैलन्छ भनेर हामी बुझाउन खोज्छौ तर उनीहरु बुझ्नै खोज्दैनन्।

होम आइसोलेनमा राख्दा समस्या 
संक्रमितहरू होम आइसोलेनमा बस्ने भनी घर जाने तर त्यहीँबाट काम गर्न जाने र परिवारसँग घुलमिल हुने गरेको समेत भेटिएको छ। होम आइसोलेनमा सधैं अनुगमन गर्न सम्भव नहुने भएकाले उनीहरुले त्यसको बेवास्ता गरेको पाइएको छ। लक्षण नभएकाले केही भएको छैन भनेर उनीहरु काममा समेत गएर धेरै मान्छे भेटेको समेत पाइएपछि अहिले नगरले कडाई गरेको छ। 

आइसोलेसनको खानामा सधै विवाद 
शिक्षा र नजचेतनाको कमीका कारण मानिसहरुले सानो सानो कुरामा पनि झगडा गर्ने गरेका छन्। दाल पातलो भयो भन्नेदेखि नुन नलागेसम्मका कुरामा उनीहरुले झगडा गर्ने गरेका छन्। गाउँका अशिक्षित मानिस भएकाले चेतनाको कमी हुँदा कहिलेकाहीँ राजनीतिक मुद्दा समेत बन्ने गरेका छन्। कसैले केही भनेमा झट्ट पत्याउने अनि नगरपालिकाले गरेन भनेर गुनसाो आउने क्रम अहिले सामान्य छ। यही जनताले छानेर पठाएकाले उनीहरुको गुनासाो सुन्ने र चित्त बुझाउने मेरो जिम्मेवारी हो। यही सम्झेर मैले सबैलाई समान ठानेर काम गर्ने गरेको छु। 

 

उपमेयरले चलाउँदै नगरपालिका 
अहिले नगरको सबै काम उपमेयरले चलाउँदै आउनु भएको छ। उपमेयर गायत्री देवीसँग म टेलिफोनमा रायसल्लाह र नगरको कामबारे दैनिक कुराकानी हुन्छ। मलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ भएपछि अहिले पूर्णं रुपमा आराममा छु। म आराममा रहेपनि नगरको चिन्ता भने कम भएको छैन।

मानिसहरु अशिक्षित छन्, बुझ्दैनन्। त्यसैले यो फैलेर झन् महामारी हुने हो कि भन्ने डर लागिरहेको छ। संक्रमण समुदायमा पुगिसकेकाले सर्न धेरै समय नलाग्ने देखिएको छ। एउटै टोलमा ६० भन्दा धेरै संक्रमित भएकाले उनीहरुबाट अन्यमा छिटो संक्रमण हुने डर भएको छ। कहिलेकाही आइसोलेनमा राखेका मानिसहरुलाई छुटाउन राजनीतिक दबाब समेत आउने गरेको छ। हामी सबैलाई बुझाएर पठाउने गरेका छौँ। स्थानीयहरुले कोरोना संक्रमित राख्न नदिने भनी कहिलेकाही अवरोध पनि गर्ने गरेका छन्। संक्रमित राख्दा आफूहरुलाई पनि सर्ने उनीहरुको तर्क हुन्छ। तर नगरले उनीहरुलाई आफू पनि बिरामी हुन सक्ने भन्दै बुझाएर राख्ने गरेको छ। 

प्रदेश र केन्द्रको सहयोग पाएनौं 
प्रदेश र केन्द्रबाट नगरले उचित सहयोग पाएको छैन। हामीले पटक पटक सहयोगको आग्रह गरेपनि पाउन नसकेकाले अहिले स्थानीय तहबाट भएको रकम काम गरिहेका छौँ।

नगरमा भएको रकमले क्वारेनटाइनदेखि आइसोलेसनसम्म चलाएका छौँ। प्रदेश र केन्द्रलाई हामीले सहयोग मागिरहेका छौँ। भोलिका दिनमा सहयोग होला भन्ने आशा राखेका छौँ। 

(साह बहुदरमाई नगरपालिकाका मेयर हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित
चेल्सीको विजयी सुरुआत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित मंगलबार, भदौ ९, २०८३
चेल्सीको विजयी सुरुआत मंगलबार, भदौ ९, २०८३
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्