फाइल तस्बिर
काठमाडौं- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-१का ६७ वर्षीया महिला र समरीमाई गाउँपालिका-२ मुडुला निवासी ३८ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।
अस्पतालका अनुसार ६७ वर्षीया महिलालाई साउन ३१ गते कोरोना पोजिटिभ देखिएको थियो। उनलाई उपचारका लागि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या, उच्च रक्तचाप र मिर्गौला रोगी उनको भेन्टिलेटरमा उपचारका क्रममा आइतबार दिउसो १ बजे मृत्यु भएको हो।
यस्तै मुडुलाका ३८ वर्षीय संक्रमित पुरुष भदौ १ गते अस्पताल भर्ना भएका थिए। उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएको उनको पनि आइसियु भेन्टिलेटरमा उपचार भइरहेको थियो। उनको दिउसो १:१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।