नवलपरासी- नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आइतबार २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। परासीस्थित पृथ्वीचन्द्र अस्पतालका ४ जना स्वास्थ्यकर्मी र एक गाउँपालिका प्रमुखसहित २९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गर्दा पाल्हिनन्दन गाउँपालिकाका प्रमुख सहित अन्य समुदायस्तरका स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख गौरव ढकालले जानकारी दिए।
स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई कोरोना पुष्टि भएपछि अस्पताल सहित गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।