काठमाडौं- काभ्रेपलाञ्चोकको बनेपामा रहेको स्पाइनल कर्ड इन्जुरी अस्पतालका २५ जनामा कोरोना संक्रमण देखिएको छ। गम्भीर प्रकारको समस्या भएका बिरामीको उपचार गर्ने अस्पतालका कर्मचारीहरुमा कसरी संक्रमण भयो खोजी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख नगेन्द्रकुमार झाले बताए।
शुक्रबार २ र शनिबार २३ जनामा संक्रमण पुष्टि भएको उनले बताए। बनेपाको भैंसेपाटीमा रहेको स्पाइनल कर्ड इन्जुरी अस्पतालमा एकै पटक धेरै कर्मचारीमा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको उनले बताए।
शनिबार नै धुलिखेल अस्पतालमा १२ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।