• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उद्योगमा कति कच्चा पदार्थ भित्रियो र कति वस्तु उत्पादन हुन्छ? यसको विवरण अब कर कार्यालयमा बुझाउनुपर्ने

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०७७  ०९:२६
1140x725

काठमाडौं-आन्तरिक उत्पादनतर्फ अन्त:शुल्क लाग्ने सबै वस्तु उत्पादनको विवरण एउटै प्रणालीबाट संकलन् गर्ने गरी काम अघि बढेको छ। आन्तरिक राजस्व विभागले राजस्व व्यवस्थापन प्रणालीमा सुधार गर्दै अन्त:शुल्क लाग्ने वस्तुको उत्पादन, कच्चा पदार्थ ढुवानी र मौज्दातको विवरण संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो। 

गत आर्थिक वर्षबाट मदिरा र सुर्तीजन्य वस्तुको विवरण संकलनमा यो प्रणाली कार्यान्वयनमा ल्याइएको थियो। यस वर्षबाट अन्त:शुल्क लाग्ने सबै वस्तुको उत्पादन, मौज्दात, कच्चा पदार्थको विवरण र त्यसको खपतको तथ्यांक कर प्रणालीले समेट्ने गरी काम अघि बढाइएको छ। 

'हामीले प्रणालीमा सुधार गरिसकेका छौँ, अब करदातालाई यसको तालिम दिन बाँकी छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'यो प्रणाली कार्यान्वयनमा आएपछि कुन करदाताले कुन वस्तु कति उत्पादन गर्‍याे, त्यसका लागि उसको कच्चा पदार्थ कति खपत भयो भन्ने विवरण सरकारले थाहा पाउन सक्छ।' 

उदाहरणका लागि अब कुनै सिमेन्ट उद्योगले कति बोरा सिमेन्ट उत्पादन गर्‍याे,  त्यसका लागि उसले कति कच्चा पदार्थ प्रयोग गर्‍याे र ऊसँग कति मौज्दात छ भन्ने विवरण सरकारले लिन सक्छ। 

'उद्योगीले उद्योगमा कच्चा पदार्थ ल्याउनेबित्तिकै प्रणालीमा विवरण भर्नुपर्छ, वस्तु उत्पादन भएपछि त्यसको विवरण पनि त्यहाँ राख्नुपर्छ,' आन्तरिक राजस्व विभागका अधिकारीले भने, 'हरेक विवरण त्यहाँ समावेश गर्नुपर्ने भएकाले वर्षको अन्त्यमा मौज्दात तलमाथि देखाउने संभावना अन्त्य हुन्छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

विभागले हार्मोनाइज्ड सिस्टम कोड (एचएस)कै आधारमा वस्तु वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ। अन्त:शुल्क लाग्ने सबै वस्तुका उत्पादकले प्रणालीमा आफ्नो विवरण प्रविष्ट गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ। यसअनुसार अब जुनसुकै उद्योगले पनि विवरण बुझाएपछि अन्त:शुल्क अधिकृतबाट त्यसलाई प्रमाणित गर्नुपर्छ। 

'हरेक करदातालाई प्रणालीमा विवरण भर्ने गरी छुट्टाछुट्टै युजर आइडी र पासवर्ड दिइएको हुन्छ, त्यसबाट उनीहरूले विवरण प्रविष्ट गर्न सक्छन् तर त्यसलाई परिमार्जन गर्न सक्दैनन्,' विभागका ती अधिकारीले भने। विभागले वस्तुको प्रकृतिअनुसार मूल्य र उत्पादनको आकार दुवैको आधारमा मापन गर्न सक्ने व्यवस्था मिलाएको छ। 

उत्पादन र बजारको यथार्थ विवरण आउने
अहिले उद्योगीले आफ्नो उत्पादनको जानकारी कर विवरण बुझाउँदा सरकारलाई दिने गरेका छन्। उनीहरूले अन्त:शुल्क तथा मूल्य अभिवृद्धि करको विवरण बुझाउँदा मासिकरूपमा त्यसरी वस्तुको विवरण बुझाउने गरेका छन्। तर यो प्रणाली कार्यान्वयनमा आएपछि कर कार्यालयले वास्तविक समय (रियल टाइम)मा नै सम्पूर्ण उद्योगबाट अन्त:शुल्क लाग्ने वस्तु उत्पादन तथा त्यसको बजारीकरणको विवरण थाहा पाउँछ। 

Xtrem
Xtrem

सुरुमा व्यवसायीले यो प्रणाली कार्यान्वयनको विरोध गरेका थिए। विभागले ५ वर्ष अघि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरे पनि व्यवसायीको विरोधपछि रोकिएको थियो। तर विभागका तत्कालीन महानिर्देशक विष्णुप्रसाद नेपालको पालामा यसलाई फेरि अघि बढाउन प्रणालीगत सुधार अघि बढ्यो र गत वर्षबाट केही वस्तुमा लागू भयो। 

अन्त:शुल्क लाग्ने ५० किसिमका वस्तु छन्। त्यसअन्तर्गत ३०० भन्दा धेरै उत्पादनमा अन्त:शुल्क लाग्ने गरेको छ। सरकारले सिमेन्ट, छड, कस्मेटिक्स वस्तु, खाद्य वस्तु सबै उत्पादकले विवरण बुझाउनु पर्ने गरी प्रणाली बनाएको छ। मदिरा र सुर्तीजन्य वस्तुको बोतल तथा प्याकेटमा अन्त:शुल्क स्टिकर टाँसिए पनि अन्य वस्तुमा भने मूल्यका आधारमा अन्त:शुल्क निर्धारण हुने गरेको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्