मकवानपुर- मकवानपुरमा शनिबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये सबैभन्दा धेरै हेटौंडाका १२ जना रहेका छन्। शनिबार मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी मकवानपुरमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ। अरु दुईजना नुवाकोट जिल्लाका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए।
संक्रमति हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा-१० का रहेका छन्। उक्त वडामा ६ जना संक्रमित थपिएका छन्। त्यसैगरी हेटौंडा–५ का १ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–९ का १ जना, हेटौंडा–४ का २ जना र हेटौंडा–२ का १ जना को रिर्पोट पोजेटिभ आएको छ। यसमध्येमा हेटौंडाका ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको चौलागाईंले बताए।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका- ७ मा ७ जना, मनहरी–८ मा एक जनामा कोरोना संक्रमण देखिएको हो। मकवानपुरमा कार्यरत बाँके घर भएका नेपाल प्रहरी र नुवाकोट घर भएका दुईजनाको रिपोर्ट पोजेटिभ आएको चौलागाईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।