काठमाडौं- कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार शनिबार देशभर ३ हजार ९ सय १६ जना संक्रमित होम आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा ३ हजार १ सय ८२ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश ५ मा २८६, प्रदेश १ मा २६६, बाग्मती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा २६ र सबै भन्दा थोरै कर्णाली प्रदेशमा १८ जना रहेको मन्त्रालयको तथ्याक रहेको छ।
त्यस्तै शुक्रबार ३ हजार ५ सय ८६, बिहिबार ३ हजार ४ सय ७२ जना र बुधबार ३ हजार १ सय ३१ जना संक्रमित होम आइसोलेसनमा थिए।
हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ छ। होम आइसोलनमा रहेका बाहेकका सक्रिय संक्रमित भने संस्थागत आइसोलेसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।