फाइल तस्बिर
काठमाडौं- नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विभिन्न ६ जिल्लाका ९ जनाको मृत्यु भएको हो।
पर्साका तीन जना, सुनसरीका २ जना र बारा, सिरहा, मकवानपुर भक्तपुरका एकएक जना गरी ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको हो।
शनिबार देशभर ६३४ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार हजार ११७ पुगेको छ। २४ घण्टामा १३६ जना डिस्चार्ज भएसँगै १८ हजार ३५० जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।