काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ।
काठमाडौं उपत्यकामा शनिबार १६० जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
हाल देशभर १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन्। शनिबार देशभर १२ हजार ५ सय १९ जनाको पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।