• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमणबाट मुक्त भएपछि डा बगाले भन्छन्- प्लाज्मा दान गर्न तयार छु

कमला गुरुङ शनिबार, भदौ ६, २०७७  १४:०७
1140x725

काठमाडौं - कोरोना संक्रमितको जोखिम र संख्या दैनिक बढ्दो छ। संक्रमणबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पनि अछुतो रहन सकेका छैनन्। उपचारकै क्रममा संक्रमित भएपछि कतिपय स्वास्थ्यकर्मी अस्पतालको आइसोलेसन त कतिपय होम आइसोलेसनमा छन्।

जसमध्ये एक हुन्, चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगाले। उनी १२ दिनदेखि होम आइसोलेसनमा छन्। उनलाई साउन २६ गते कोरोना पुष्टि भएको थियो। त्यसदिन देखि उनी होम आइसोलेसनमै थिए। 

हाल उनी कोरोनालाई जित्न सफल भएका छन्। शनिबार बिहान उनको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना भए पनि उनमा खासै लक्षण भने थिएन। त्यसैले उनले विभिन्न घरेलु विधि नै अपनाए। औषधिको जरुरी परेन। उनी अहिले स्वस्थ छन्। 

उनी भन्छन्, ‘मलाई खासै लक्षण देखिएको थिएन। त्यसैले घरमै तातो पानी खाने, बाफ लिने, कागती खाने, अन्य घरेलु विधिहरु नै अपनाए। मैले त्यस्तो औषधि नै गरिनँ।’ 

आफूमा लक्षण नभएको र आत्मबल बलियो भएकाले कोरोनालाई जित्न सकेको उनी बताउँछन्। उनको श्रीमतीको भने कोरोना पोजेटिभ नै आएको छ।   

‘मलाई त्यस्तो लक्षण नभएकाले पनि कोरोनाको खासै डर त थिएन। तर पनि म निको हुन्छु। भनेर आत्मबल बलियो बनायौं भने कोरोनालाई जित्न सकिदो रहेछ।’ उनले भने।

कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा १२ दिन बिताएका डा बगालेको अनुभव उनकै शब्दमा-

मलाई खासै कोरोनाको लक्षण नभएकाले म होम आइसोलेसनमा बसेको थिएँ। लक्षणविहीन भएकाले घरमै उचित व्यवस्थापन गरी होम आइसोलेसनमा बस्नु मलाई ठिक लाग्यो। मैले यो १२ दिन मेडिकल औषधि गरिनँ। तर केही औषधि खानु पर्ने हो कि उपचार गर्नुपर्ने हो कि भन्ने बिचार मनमा आइहाल्ने रहेछ। 

Ncell 2
Ncell 2

मैले अन्य चिकित्सकलाई पनि सोधें। उहाँहरुले लक्षणविहीन भएको अवस्थामा भिटामिनहरु खाँदा हुने बताए। मैले कागती प्रशस्तै खाए। अम्बा खाए। भिटामिन सी भएका खानेकुराहरु खाएँ। 

मैले गुर्जो पनि खाए। हर्बल औषधिमा यो रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि राम्रो मानिन्छ। रोगलाई निको बनाउन भन्दा पनि मैले यो प्रतिरोधात्मक क्षमता बढाउनका लागि उपयोग गरे। मैले यो पानीमा पकाएर खाए। 

दैनिक तातो पानीको बाफ लिने काम गरे। राति सुत्दा पनि तातो पानीको बाफ लिने गर्थे। यसले श्वासप्रश्वासमा पनि फाइदा पुर्‍याउने रहेछ। मैले यसरी नै घरेलु विधिहरु अपनाए। अन्य मेडिकल औषधि गरिनँ। एक दुई पटक सिटामाले चाँहि खाएँ। 

मेरो श्रीमतीको अझै पनि पोजेटिभ नै आएको छ। सुरुमा कोरोना संक्रमण भयो भन्दा मनमा एक किसिमको डर त हुने रहेछ। विश्वमा यति धेरै मानिसहरु संक्रमित भएको मृत्यु भएको खबरहरु देख्दा त मलाई पनि अचानक केही हुन्छ कि डरचाँहि हुने रहेछ। तर यो डरलाई मनमा लिएर भने बसेनौं। हामी दुवै जनाले यसलाई तनावको रुपमा परिणत हुन दिएनौं।

लक्षणहरु देखिएको भए सायद मनमा अर्कै किसिमको डर हुन्थ्यो होला। तर लक्षण नभएकाले पनि मरिहाल्ला भन्ने खालको अनुभव भने कहिले भएन। श्वासप्रश्वासमा समस्या आए मात्र अन्य समस्या निम्त्याउने या ज्यानै जान सक्छ भन्ने कुरा हामी दुवैलाई थाहा थियो। तर हामीमा त्यस्तो कुनै समस्या नभएकाले पनि केही ढुक्क हुन सकेका थियौं।

श्रीमती अझै पनि पोजेटिभ भएकाले म अहिले नै अस्पतालको नियमित काममा फर्किन्नँ। तर केही दिनमा अस्पताल फर्कन्छु। 

अहिले देशभरका विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरु संक्रमति भइरहेका छन्। उहाँहरुले यो बेलामा आत्मबल बलियो बनाउनुपर्छ। स्वास्थ्यकर्मी र अन्य मानिसले पनि अब म बिरामी भएँ भन्दा पनि मलाई संक्रमण भयो, अब मैले यसलाई जित्नुपर्छ भन्ने सोच्यौं भने कोरोनालाई जित्न सकिन्छ।

त्यसैले खानपानमा ध्यान दिन र धेरै तनाव लिनु हुँदैन। लक्षणविहीन छ र घरमा मिल्ने अवस्था छ भने सक्नेले होम आइसोलेसनमै बस्दा ठिक हुन्छ। किनभने घरमै हाम आइसोलेसनमा बस्दा म बिरामी होइन, मैले स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने अनुभवचाँहि हुने रहेछ। 

सुरुमा कोरोना पोजेटिभ आयो भन्दा मनमा डर हुनु स्वाभाविक भएपनि आत्मबल बलियो बनाउनुपर्छ। यदी कोही लक्षणविहीन संक्रमित छन् र घरमै व्यवस्थापन गर्न सकिन्छ भने होम आइसोलेसन उचित हुन्छ। तर होम आइसोलेसनमा बसिरहँदा दीर्घ रोगी, ज्येष्ठ नागरिकसँग घुलमिल हुने गर्नु हुँदैन। आवश्यक सतर्कता अपनाउनु नै पर्छ। 

यदी लक्षणविहीनहरु होम आइसोलेसनमा बस्ने व्यवस्था हुन सक्यो भने अस्पतालहरुमा बेड अभाव पनि हुँदैन। स्थानीय र केन्द्र सरकारले होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन सक्यो या होम आइसोलेसन जस्तै सेन्टरहरुलाई प्राथमिकता दिन सक्यो भने अस्पतालमा लोड कम हुनुका साथै संक्रमित र अन्य मानिसहरुलाई जोखिम पनि कम हुन्छ। 

संक्रमणमुक्त भएकाले म मेरो प्लाज्मा दिन तयार छु। मेरो प्लाज्मा दिएर कसैको जीवन बचाउनु पर्ने परिस्थिति आएमा सँधै तत्पर छु।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्