• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमणबाट मुक्त भएपछि डा बगाले भन्छन्- प्लाज्मा दान गर्न तयार छु

कमला गुरुङ शनिबार, भदौ ६, २०७७  १४:०७
1140x725

काठमाडौं - कोरोना संक्रमितको जोखिम र संख्या दैनिक बढ्दो छ। संक्रमणबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पनि अछुतो रहन सकेका छैनन्। उपचारकै क्रममा संक्रमित भएपछि कतिपय स्वास्थ्यकर्मी अस्पतालको आइसोलेसन त कतिपय होम आइसोलेसनमा छन्।

जसमध्ये एक हुन्, चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगाले। उनी १२ दिनदेखि होम आइसोलेसनमा छन्। उनलाई साउन २६ गते कोरोना पुष्टि भएको थियो। त्यसदिन देखि उनी होम आइसोलेसनमै थिए। 

हाल उनी कोरोनालाई जित्न सफल भएका छन्। शनिबार बिहान उनको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना भए पनि उनमा खासै लक्षण भने थिएन। त्यसैले उनले विभिन्न घरेलु विधि नै अपनाए। औषधिको जरुरी परेन। उनी अहिले स्वस्थ छन्। 

उनी भन्छन्, ‘मलाई खासै लक्षण देखिएको थिएन। त्यसैले घरमै तातो पानी खाने, बाफ लिने, कागती खाने, अन्य घरेलु विधिहरु नै अपनाए। मैले त्यस्तो औषधि नै गरिनँ।’ 

आफूमा लक्षण नभएको र आत्मबल बलियो भएकाले कोरोनालाई जित्न सकेको उनी बताउँछन्। उनको श्रीमतीको भने कोरोना पोजेटिभ नै आएको छ।   

‘मलाई त्यस्तो लक्षण नभएकाले पनि कोरोनाको खासै डर त थिएन। तर पनि म निको हुन्छु। भनेर आत्मबल बलियो बनायौं भने कोरोनालाई जित्न सकिदो रहेछ।’ उनले भने।

कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा १२ दिन बिताएका डा बगालेको अनुभव उनकै शब्दमा-

मलाई खासै कोरोनाको लक्षण नभएकाले म होम आइसोलेसनमा बसेको थिएँ। लक्षणविहीन भएकाले घरमै उचित व्यवस्थापन गरी होम आइसोलेसनमा बस्नु मलाई ठिक लाग्यो। मैले यो १२ दिन मेडिकल औषधि गरिनँ। तर केही औषधि खानु पर्ने हो कि उपचार गर्नुपर्ने हो कि भन्ने बिचार मनमा आइहाल्ने रहेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

मैले अन्य चिकित्सकलाई पनि सोधें। उहाँहरुले लक्षणविहीन भएको अवस्थामा भिटामिनहरु खाँदा हुने बताए। मैले कागती प्रशस्तै खाए। अम्बा खाए। भिटामिन सी भएका खानेकुराहरु खाएँ। 

मैले गुर्जो पनि खाए। हर्बल औषधिमा यो रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि राम्रो मानिन्छ। रोगलाई निको बनाउन भन्दा पनि मैले यो प्रतिरोधात्मक क्षमता बढाउनका लागि उपयोग गरे। मैले यो पानीमा पकाएर खाए। 

दैनिक तातो पानीको बाफ लिने काम गरे। राति सुत्दा पनि तातो पानीको बाफ लिने गर्थे। यसले श्वासप्रश्वासमा पनि फाइदा पुर्‍याउने रहेछ। मैले यसरी नै घरेलु विधिहरु अपनाए। अन्य मेडिकल औषधि गरिनँ। एक दुई पटक सिटामाले चाँहि खाएँ। 

मेरो श्रीमतीको अझै पनि पोजेटिभ नै आएको छ। सुरुमा कोरोना संक्रमण भयो भन्दा मनमा एक किसिमको डर त हुने रहेछ। विश्वमा यति धेरै मानिसहरु संक्रमित भएको मृत्यु भएको खबरहरु देख्दा त मलाई पनि अचानक केही हुन्छ कि डरचाँहि हुने रहेछ। तर यो डरलाई मनमा लिएर भने बसेनौं। हामी दुवै जनाले यसलाई तनावको रुपमा परिणत हुन दिएनौं।

लक्षणहरु देखिएको भए सायद मनमा अर्कै किसिमको डर हुन्थ्यो होला। तर लक्षण नभएकाले पनि मरिहाल्ला भन्ने खालको अनुभव भने कहिले भएन। श्वासप्रश्वासमा समस्या आए मात्र अन्य समस्या निम्त्याउने या ज्यानै जान सक्छ भन्ने कुरा हामी दुवैलाई थाहा थियो। तर हामीमा त्यस्तो कुनै समस्या नभएकाले पनि केही ढुक्क हुन सकेका थियौं।

श्रीमती अझै पनि पोजेटिभ भएकाले म अहिले नै अस्पतालको नियमित काममा फर्किन्नँ। तर केही दिनमा अस्पताल फर्कन्छु। 

अहिले देशभरका विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरु संक्रमति भइरहेका छन्। उहाँहरुले यो बेलामा आत्मबल बलियो बनाउनुपर्छ। स्वास्थ्यकर्मी र अन्य मानिसले पनि अब म बिरामी भएँ भन्दा पनि मलाई संक्रमण भयो, अब मैले यसलाई जित्नुपर्छ भन्ने सोच्यौं भने कोरोनालाई जित्न सकिन्छ।

त्यसैले खानपानमा ध्यान दिन र धेरै तनाव लिनु हुँदैन। लक्षणविहीन छ र घरमा मिल्ने अवस्था छ भने सक्नेले होम आइसोलेसनमै बस्दा ठिक हुन्छ। किनभने घरमै हाम आइसोलेसनमा बस्दा म बिरामी होइन, मैले स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने अनुभवचाँहि हुने रहेछ। 

सुरुमा कोरोना पोजेटिभ आयो भन्दा मनमा डर हुनु स्वाभाविक भएपनि आत्मबल बलियो बनाउनुपर्छ। यदी कोही लक्षणविहीन संक्रमित छन् र घरमै व्यवस्थापन गर्न सकिन्छ भने होम आइसोलेसन उचित हुन्छ। तर होम आइसोलेसनमा बसिरहँदा दीर्घ रोगी, ज्येष्ठ नागरिकसँग घुलमिल हुने गर्नु हुँदैन। आवश्यक सतर्कता अपनाउनु नै पर्छ। 

यदी लक्षणविहीनहरु होम आइसोलेसनमा बस्ने व्यवस्था हुन सक्यो भने अस्पतालहरुमा बेड अभाव पनि हुँदैन। स्थानीय र केन्द्र सरकारले होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन सक्यो या होम आइसोलेसन जस्तै सेन्टरहरुलाई प्राथमिकता दिन सक्यो भने अस्पतालमा लोड कम हुनुका साथै संक्रमित र अन्य मानिसहरुलाई जोखिम पनि कम हुन्छ। 

संक्रमणमुक्त भएकाले म मेरो प्लाज्मा दिन तयार छु। मेरो प्लाज्मा दिएर कसैको जीवन बचाउनु पर्ने परिस्थिति आएमा सँधै तत्पर छु।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
स्याङ्जामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ
इरानले आफ्नो छोराको हत्या गर्ने प्रयास गरेको नेतन्याहूको दाबी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
स्याङ्जामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ मंगलबार, भदौ ९, २०८३
इरानले आफ्नो छोराको हत्या गर्ने प्रयास गरेको नेतन्याहूको दाबी मंगलबार, भदौ ९, २०८३
वर्षासँगै देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित, केही सडक पूर्ण अवरुद्ध मंगलबार, भदौ ९, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्