काठमाडौं-बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीका ६७ वर्षीय पुरुषको शनिबार १२ः१५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए।
अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि उनलाई अस्पतालमा लगिएको थियो। अस्पताल जानुअघि उनी धरानस्थित एनएफए क्वारेन्टाइनमा थिए।
उनको साउन २७ गते कोरोना पोजिटिभ आएको अस्पतालले जनाएको छ। उनलाई उच्च रक्तचापको समस्या पनि थियो।
योसहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १४१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।