पर्सा– संक्रमणको ‘हटस्पट’ मानिएको पर्साको वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै भएको र उनीहरु मृगौला र मधुमेहका रोगी रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
शनिबार बिहान मृत्यु हुने थप दुई संक्रमितमध्ये एक जना ६१ बर्षीय पुरुष हुन् जसको वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको अस्पतालले जनाएको छ। बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ती संक्रमितलाई साउन ३१ गते भर्ना गरिएको थियो।
त्यस्तै, गएराति वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का १ संक्रमितको मृत्यु भएको डाक्टर उदयनारायण् सिंहले पुष्टि गरे।
वीरगन्ज महानगरपालिका२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो।
योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ। नेपालमा मृत्यु हुनेको संख्या १३९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।