काठमाडौं–चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २ सय ७० वटा नमुना परीक्षण गरिएकामा ३३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
चितवनका २० तथा नवलपुर, मकवानपुर, बारा, पर्सा, रौतहट र बाँकेका १३ जनामा संक्रमण देखिएको हो। चितवनमा भरतपुर महानगरका १६, रत्ननगरका १ र राप्ती नगरपालिकाका ३ जनामा संक्रमण देखिएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या ३० हजार ५ सय १६ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।