काठमाडौं- बाढीपहिरोको उच्च जोखिममा रहेका परिवार तथा बस्तीलाई यथाशीघ्र सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ। भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न भागमा जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको हो।
यसको जिम्मा सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिएका हुन्।
सरकारले यसअघि नै जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने नीति लिइसकेको छ। यसलाई प्राथिमकताका साथ प्रभावकारी कार्यान्वयन गर्ने समेत सरकारले बताएको छ। यसमा गृह मन्त्रालयले समन्वय गर्ने बताइएको छ।
यी हुन् बैठकका निर्णयहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।