काठमाडौं- काठमाडौं उपत्यकामा बिहीबार १८२ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
हाल देशभर १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा ८ हजार ५४६ छ। होम आइसोलेसनमा रहनेको संख्या भने ३५८६ रहेको मन्त्रालयले जानकारी दिएको छ।
२४ घण्टायता २५० जना संक्रमित निको भएर घर फर्किएका छन् भने निको हुनेको संख्या १८ हजार २ सय १४ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।