काठमाडौं– लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वर्गद्वारी नगरपालिका प्युठानका ६४ वर्षीय पुरुषको शुक्रबार बिहान साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा विष्णु गौतमले जानकारी दिए।
उनी केही दिनअगाडि भारतको केरेलाबाट आएर क्वारेन्टाइनमा बसेका थिए। उनको साउन ३२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो भने भाद्र १ गते अस्पतालको आइसोलेसनमा भर्ना भएको अस्पतालले जनाएको छ। उनी निमोनियाका बिरामी थिए।
उनको उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, पाटन अस्पताल ललितपुरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भदौ २ गतेदेखि उपचाररत दोलखा निवासी ३० वर्षीय पुरुष र साउन ३१ गत देखि उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनीहरु दुवै जनाको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ।
पछिल्लो तथ्यांक अनुसार, नेपालमा १२९ कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।