काठमाडौं– पाटन अस्पताल ललितपुरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भाद्र २ गतेदेखि उपचाररत दोलखा निवासी ३० वर्षीय पुरुष र साउन ३१ गत देखि उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनीहरु दुवै जनाको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ।
यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १२८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।