काठमाडौं-पाकिस्तानी क्रिकेटर उमर अकमलले आफूमाथि लागेको प्रतिबन्ध हटाउन कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा अपिल गरेका छन्।
उनको यो अपिल दोस्रो पटक हो। म्याच फिक्सिङको रिपोर्ट बोर्डलाई जानकारी नगराएको भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको थियो। गत फेब्रुअरीमा पिसिबीबाट निलम्बनमा परेका उनी अप्रिलमा भने तीन वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्धमा परेका थिए।
तर २९ वर्षीय अकमलले पिसिबीले आफूलाई लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद खोखरको एकल इजलासले अकमलको प्रतिबन्ध घटाएर १८ माहिनामा झारेका थिए।
आफूलाई लागेको प्रतिबन्धमा पनि चित्त नबुझेपछि अकमल खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा पुगेका हुन्। अकमलकै यही अन्तिम विकल्प हो। अकमलको अपिल खारेज भएमा उनलाई १८ महिनाको प्रतिबन्ध भने लाग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।