भरतपुर– चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितहरुमा ११ जना महिला र १५ जना पुरुष छन्।
भरतपुरस्थित कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन्।
‘नयाँ संक्रमितहरुमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन्’ अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।
राप्ती नगरपालिकाको वडा नम्बर २ र ८ मा क्वारेन्टाइनमा बस्दै आएका तीन जनामा पनि कोरोना संक्रमण देखिएको छ।
संक्रमितहरुको उमेर ९ वर्ष देखि ६७ वर्ष छ। चितवनमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ। उनीहरू मध्ये ११३ जना निको भइसकेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ७१ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।