काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा जमैका तलावाजले शुक्रबार (भोलि) बिहान ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ। ब्रायन लारा रंगशालामा नेपाली समयअनुसार शुक्रबार बिहान ३ बजेर १५ मिनेटमा यी दुई टिमबीचको प्रतिस्पर्धा सुरु हुनेछ।
जमैका तलावाज र ट्रिनबागो दुवै टिमले यसअघि खेलेका पहिलो खेलमा जित निकालेका छन्। सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाजले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो। यता, ट्रिनबागो नाइट राइडर्सले गुयाना अमेजन वारियर्सलाई ४ विकेटले हराएको थियो।
१ सय ४५ रनको लक्ष्य ट्रिनबागो नाइट राइडर्सले १६.४ ओभरमा ६ विकेट गुमाएर चुनौती भेटाएको थियो। ट्रिनबागोको जितमा सुनिल नारिनले ५० रन बनाएका थिए।
जमैका तलावाजले १५९ रनको चुनौती ५ विकेटको क्षतिमा सात बल बाँकी छँदा भेटाएको थियो। जमैकाको जितमा पाकिस्तानका आसिफ अलीले अविजित ४७ रन बनाएका थिए। पहिलो खेलमा नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर १ विकेट लिएका थिए।
ट्रिनबागो नाइट राइडर्ससँगको खेलमा सन्दीप टिममा पर्ने लगभग पक्का जस्तै हो। जमैका तलावाजको मुख्य स्पिनरमा सन्दीपसँगै अफगानिस्तानका मुजिब उर रहमान छन्। मुजिबले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर २ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।