काठमाडौं– चेन्नाई सुपर किंग्सको मुख्य खेलाडी हर्भजन सिंह टिमसँगै युएई प्रस्थान नगर्ने भएका छन्।
यही शुक्रबार चेन्नाई इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिताको लागि युएई प्रस्थान गर्दैछ। तर हर्भजन सिंह भने टिमसँग हुने छैनन्। व्यक्तिगत कारणले गर्दा हर्भजन टिमसँग जान नसक्ने भएका हुन्।
४० वर्षीय स्पिनर हर्भजन आइपिएल सरु हुन १० दिन बाँकी छँदा युएई पुग्नेछन्। त्यस्तै, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र लंगी नगिडी सेम्टेम्बरको सुरुवातमै युएई पुग्नेछन्। त्यस्तै, चेन्नाईबाट खेल्ने इमरान ताहिर, मिचेल साटनर र डवान ब्राभो पनि सेप्टेम्बरको पहिलो साता नै युएई पुग्नेछन्।
अर्का स्पिनर रविन्द्र जडेजाले व्यक्तिगत कारणले गर्दा क्लोज क्याम्प छुटाउने छन्। तर उनी टिमसँगै शुक्रबार युएई जानेछन्।
आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुँदैछ। युएईमा हुन लागेको आइपिएल यो दोस्रो पटक हो। यसअघि सन् २०१४ मा भारतमा चुनाव हुँदा आइपिएलका २० खेल यएईमा भएको थियो। यो पटक भने कोरोना भाइरस (कोभिड–१९) को महामारी हुँदा आइपिएल युएईमा हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।