काठमाडौं- निषेधाज्ञा अवधिमा म्याद सकिएका बीमालेख भदौ १५ गतेसम्म कायम हुने भएका छन्। बीमा समितिले निषेधाज्ञा जारी भएपछि बीमितले नवीकरण गर्न नसक्ने भन्दै कम्पनीहरूलाई भदौ १५ गतेसम्म उनीहरुको बीमालेख १५ गतेसम्म कायम राख्न निर्देशन दिएको हो।
त्यस्तै जीवन बीमा गर्ने बीमितले पनि यस अवधिमा तिर्नुपर्ने बीमा शुल्क भदौ १५ गतेसम्म तिरे हुने भएको छ। निषेधाज्ञा अवधिमा बीमा शुल्क तिर्न नसकेको भन्दै कुनै पनि हर्जना तथा अन्य शुल्क लिन नपाउने समितिले जनाएको छ।
बीमा कम्पनीहरुले आवश्यक बीमा सेवा प्रवाह गर्नु पर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारी मध्ये एक तिहाई कर्मचारीहरुद्धारा सेवा सञ्चालन गर्नु पर्ने छ। कार्यक्षेत्रमा जाने कर्मचारीलाई आफ्नो फोटोसहितको परिचयपत्र लिएर हिड्न समितिले निर्देशन जारी गरेको छ।
बीमा अभिकर्ता र सर्भेयरको म्याद यही अवधिमा सकिएका खण्डमा उनीहरुको म्याद भाद्र मसान्तसम्म कायम रहने र यस अवधिमा तिर्न नसकेको भन्दै कुनै पनि हर्जान तथा अन्य शुल्क तिर्नु पर्ने छैन।
यसै अवधिमा निर्जीवन बीमा कम्पनीमा दाबी भुक्तानीको लागि अनलाइन आवदेन पर्ने आएमा निषेधाज्ञा खुल्ने बित्तिकै सर्भेयर पठाएर दाबी भुक्तानी गर्न सतितिले सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।