काठमाडौं–भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रत्ननगर नगरपालिका १३ निवासी ६५ वर्षीय पुरुषको आज दिउँसे २.५७ बजे निधन भएको अस्पतालले जनाएको छ। उनको ६ दिनदेखि कोभिड आइसीयुमा उपचार भइरहेको थियो।
ती व्यक्ति दीर्घरोगी तथा बेडसोरेस भएको, फोक्सोको टिबी, सेप्सिस तथा कोभिड–१९ संक्रमणका कारणले निधन भएको अस्पतालले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय २१ पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।