काठमाडौं-दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
क्रिकेट दक्षिण अफ्रिका (सिएसए) का अनुसार राष्ट्रिय टिमका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। बिहीबार प्रेस विज्ञप्ति निकाल्दै सिएएले दुई खेलाडीमा कोरोना भाइरस देखिएको उल्लेख गरेको हो।
खेलाडी, अफिसियल र स्टाफ गरी ५० जनाको पिसीआर परीक्षण गर्दा दुई खेलाडीको भने रिपोर्ट पोजिटिभ आएको बताएको छ। तर खेलाडीको नाम भने क्रिकेट दक्षिण अफ्रिकाले गोप्य राखेको छ। ३२ खेलाडीको कोरोना परीक्षण गरिएको थियो। दक्षिण अफ्रिकाले खेलाडीलाई ‘टिम कल्चर क्याम्प’ मा राख्दैछ। त्यसैका लागि गरिएको पिसीआर परीक्षणमा खेलाडीमा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै, दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिस पनि क्याम्पमा उपस्थित हुने छैनन्। उनी आफ्ना दोस्रो सन्तान जन्मिने समय नजिक आएको हुँदा विदामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।