काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले नेपालमा रेलवेसम्बन्धी नीति, पूर्वाधार निर्माण र सञ्चालनका सम्बन्धमा छलफल गरेका छन्। बुधबार मन्त्रालयमा विज्ञहरूलाई बोलाएर छलफल गरिएको हो।
निर्माणाधीन जनकपुर-जयनगर रेलवेको सञ्चालन तथा पूर्वपश्चिम रेल्वे निर्माणका लागि गरिएको तयारीका विषयमा मन्त्री नेम्वाङले विज्ञसँग छलफल तथा परामर्श गरेका हुन्।
मन्त्रालय बुधबार भएको छलफलमा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया, रेल विभागका महानिर्देशक बलराम मिश्रलगायतको सहभागिता थियो।
पछिल्लो समय रेल विभागले ३२ अर्बका ५४ वटा ठेक्काको सूचना आह्वान गरेको थियो। सो विषय विवादित बनेपछि मन्त्री नेम्वाङले सरोकारवाला तथा विज्ञहरूलाई बोलाएर छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।