काठमाडौं- नेपालमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टायता काठमाडौं र बर्दियाका १-१ पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका १-१ महिला गरी ६ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९३८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७ सय उपचारपछि निको भएका छन्।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ भने ७ हजार ९ सय ८७ जना संस्थागत आइसोलेसनमा छन्। ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्।
आज ११ हजार ५ सय २२ जनाको पिसिआर परीक्षण भएको छ भने हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा छन्।
हाल भेन्टिलेटरमा ६ जना संक्रमितको उपचार भइरहेको छ भने आइसियूमा १ सय ३१ जना रहेको समेत मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।