काठमाडौं–कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। पाटन अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी थप २ जनाको मृत्यु भएको हो।
पाटन अस्पतालका अनुसार भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो। साउन २१ गतेदेखि उपचाररत संक्रमित ती महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुडीगंगा(२ की ६७ वर्षीया महिलाको मृत्यु भएको छ।
उनको मंगलबार साँझ ४स्४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ। विराट मेडिकल कलेजबाट मंगलबार प्रतिष्ठानमा रेफर भएकी ती संक्रमित महिलामा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो।
उनमा मुटुको दीर्घ समस्या पनि थियो।
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको संख्या ११६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।