काठमाडौं–नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा भदौ २ गते परीक्षण गरिएका ५ सय नमुनामध्ये ७ जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो।
चितवनका २०, नवलपुरका ५ तथा महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका १–१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ८७ पुगेको छ।
नेपालमा हालसम्म १ सय १४ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ५ सय ८० जना निको भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।