काठमाडौं- नुवाकोटमा कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञा ७ दिनका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले भदौ २ गते राति १२ बजेदेखि लागू हुनेगरी ७ दिनका लागि निषेधाज्ञा थप गरेको हो।
जिल्लाका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकाका सबै क्षेत्रमा निशेधाज्ञा जारी गरेको हो।
त्यसैगरी दुप्चेश्वर, लिखु, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ।
अन्य तीन गाउँपालिका तारकेश्वर, तादी र ककनीका केही वडामा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लामा कोरोना भाइरसको संक्रमण बढेसँगै यसअघि पनि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।