काठमाडौं- पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न स्थानका अस्पतालमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
काभ्रे, बाँके, मोरङ, नवलपरासी तथा तनहुँमा गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।
पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।