काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निमग (नेपाल एयरलाइन्स)ले चिनियाँ जहाज एमए-६० र वाई–१२ उडाउने चार जना पाइलटहरूलाई बिदाइ गरेको छ। मंगलबार एक कार्यक्रम आयोजना गरी निगमले चार पाइलटलाई बिदाइ गरेको हो।
निगमले चिनियाँ जहाजहरूको उडान साउन १५ गतेबाट बन्द गरेको थियो। जहाज उडान बन्द गरेसँगै चिनियाँ एमए-६० र वाई–१२ जहाज उडाउँदै आएका पाइलको बिदाइ गरिएको हो।
निगमले बिदाइ गरेका पाइलटहरूमा एमए-६० उडान गर्दै आएका २ जना सतीशविक्रम शाख तथा राजेन्द्रमान श्रेष्ठ छन्। यस्तै वाई–१२ जहाज उडाउँदै आएका पाइलट फिजियोनाथ नेपाली र सुरज उपाध्याय लुइटेललाई पनि बिदाइ गरिएको निगमको अपरेसन विभाग प्रमुख दिपु जुवार्चनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।