काठमाडौं– धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
धुलिखेल निवासी ९८ वर्षीय पुरुषको सोमबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा सुमन ताम्रकारले जानकारी दिए।
डा ताम्रकारका अनुसार उनी एक हप्ता अगाडि ज्वरो र खोकी लागपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। त्यसको दुई दिन पछि उनमा स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो।
यो सहित नेपालमा १११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।