काठमाडौं- नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरको कोशी कोभिड अस्पतालमा उपचाररत एक संक्रमितको साँझ मृत्यु भएको हो।
विराटनगरका ४७ वर्षीय पुरुषको उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा दिपक सिग्देलले जानकारी दिए।
डा सिग्देलका अनुसार ती संक्रमितलाई सिभियर निमोनिया भएको थियो। उनी आइतबार अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएपछि उनको नमुना संकलन गरिएको थियो। सोमबार दिउसो १ बजे उनलाई कोरोना पुष्टि भएको थियो।
यो सहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १०८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।