फाइल तस्बिर
काठमाडौं- कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका १ सय ५३ नेपालीहरु सोमबार स्वदेश फर्किएका छन्।
विदेशमा अप्ठ्यामारो परेका नेपालीहरु स्वदेश फर्काउनका लागि तय गरिएको ५ औँ चरण (भदौ १ गतेदेखि १५ गतेसम्म) को पहिलो उडानमार्फत् सोमबार १ सय ५३ नेपालीहरुमात्रै स्वदेश फर्किएका हुन्।
भदौ १ गतेदेखि आफ्नै खर्चमा फर्कन सक्ने तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी फर्काउनुपर्ने गरी दैनिक जम्मा ५ सय कामदार फर्काउने उल्लेख गरिएको थियो।
दैनिक ५ सय नेपालीहरु स्वदेश फर्काउने भनिए पनि सोमबार मलेसियामा अप्ठ्यारोमा परेका १ सय ५३ नेपाली स्वदेश फर्किएका हुन्। यसअघि विभिन्न उडानमार्फत् विदेशमा अप्ठ्यारोमा परेका ५१ हजार ४ सय ४१ नेपाली स्वदेश फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।