काठमाडौं- बागमती प्रदेशसभा उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको तामाङको सचिवालयले जानकारी दिएको हो।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि उपसभामुख तामाङलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ। अहिले उनी हेटौंडास्थित आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी छन्।
कोरोना संक्रमण भएपनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन्। उनीसँगै मकवानपुरमा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनलाई कसरी संक्रमण भयो भन्ने नखुलेको र उनको सम्पर्कमा रहेकाहरुको हेटौंडा उपमहानगरले कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।