• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल? अध्ययन भन्छ- निकै फलदायी

लरेन निरगार्ड सोमबार, भदौ १, २०७७  १९:५५
1140x725

वासिङ्टन- मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा भने पुष्टि भइसकेको छैन। प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन्।

संयुक्तराज्य अमेरिकामा ६४ हजारभन्दा बढी कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ। खोप (भ्याक्सिन) विकास गर्नुअघि सयौं वर्षदेखि यो विधि विभिन्न ज्वरो (फ्लू) र दादुराका बिरामीको उपचारका लागि प्रयोग हुन्थ्यो।

नयाँ नयाँ रोग निस्कँदा औषधि र खोप दुवै नहुँदा मानिसको जीवन जोखिममा पर्नु स्वाभाविक हो। यस्तो आपतकालीन स्थितिमा वैज्ञानिकहरुले प्लाज्मा थेरापीलाई तत्कालै उपलब्ध विधिका रुपमा प्रचलनमा ल्याउने गरेका छन्, तर यो विधि सबै किसिमका संक्रमणमा सफल भएको छैन।

हालसम्म कोरोना भाइरसविरुद्ध लड्न प्लाज्मा थेरापी सक्षम र उपयुक्त नै छ भन्ने ठोस वैज्ञानिक आधार तयार भई नसकेको अवस्थामा यसको उपयोग गर्नु कति ठीक होला? तर प्लाज्मा दिइएका करिब ३५ हजार बिरामीको प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा निकै सकारात्मक प्रभाव देखिएको मायो क्लिनिकका मुख्य अनुसन्धाता डा माइकल जोयनरले बताएका छन्। 

कोरोना संक्रमण देखिएको तीन दिनभित्र प्लाज्मा दिइएका व्यक्तिको मृत्युदर ज्यादै न्यून रहेको छ। जोयनरका अनुसार शरीरमा भाइरससँग लड्ने क्षमता अत्यन्त कमजोर भएर एन्टिबडीको सख्त जरुरी परेका बिरामीलाई समेत प्लाज्मा थेरापीले धेरै मद्दत गरेको छ। 

समस्या कहाँनेर छ त? यो औपचारिक अध्ययन भने होइन। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) को निर्देशिकाबमोजिम संयुक्तराज्य अमेरिकाका विभिन्न अस्पतालमा बिरामीको भिन्नभिन्न तरिकाबाट उपचार भइरहेको छ। 

अमेरिकामा प्रयोगात्मक उपचार विधिका सम्बन्धमा व्यापक जानकारीमा पहुँच दिइने भनिए पनि प्लाज्मा प्राप्त गर्ने बिरामीका बारेमा प्रष्ट जानकारी छैन। हाल देशभरबाट प्रमाणहरु संकलन गर्ने अभियान संचालनमा छ। 

‘करिब १०२ वर्षदेखि प्लाज्माले साँच्चिकै काम गर्दछ वा गर्दैन भनेर हामी बहस गरिरहेका छौं,’ न्यूयोर्क विश्वविद्यालयकी डा मिला ओर्टिगोजाले बताइन्। उनले सन् १९१८ मा पनि फ्लूको महामारीका दिनमा प्लाज्मा थेरापीको प्रयोग गरिएको जानकारी दिइन्। यसपटक हामीलाई विवादरहित ठोस प्रमाणहरुको खाँचो छ, उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

ओर्टिगोजाले यस्तै एउटा अध्ययनको सहसंयोजकका रुपमा कार्य गरिरहेका छन्। यसै साता यो समूहले अरु तीनवटा राज्यहरु- कनेक्टिकट, फ्लोरिडा र टेक्सासमा अध्ययन गर्दैछ। प्लाज्मा उपचारको निष्कर्ष जतिसक्दो चाँडो सार्वजनिक गर्न मुलुकका अन्य क्षेत्रबाट पनि तथ्यांक विवरणहरु संकलन गर्ने तयारी ओर्टिगोजा टिमको छ। 

‘स्पष्ट उत्तर कहिले प्राप्त होला भन्ने सबैको चासो छ,’ सेन्ट लुइसस्थित वासिङटन युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डा जेफ्री हेन्डरसनले भने। उनले क्लिनिकल ट्रायलहरु अघि बढ्ने विश्वास व्यक्त गर्दै मायो क्लिनिकको प्रतिवेदन सानो संख्याका बिरामीको तथ्यांकमा आधारित रहेको जानकारी दिए। 

शरीरभित्र कुनै नयाँ जीवाणु प्रवेश गरेमा शरीरले यसविरुद्ध लड्न प्रोटिन नामको एन्टिबडी बनाउँछ। यस्तो एन्टिबडी प्लाज्मामा रहेको हुन्छ, र यसको रंग पहेंलो–पहेंलो र तरल रुपमा हुन्छ। एन्टीबडी निर्माण हुन केही साता लाग्ने भएकाले कुनै व्यक्तिको एन्टीबडी राख्दा बिरामीलाई भाइरसविरुद्ध लड्न मद्दत गर्दछ र त्यसबीचमा व्यक्तिको रोगप्रतिरोधी क्षमता विकास हुन्छ। 

मायोका नतिजाहरुलाई वैज्ञानिक अध्ययनका लागि वेबसाइटमा खुला राखिएको छ। कोरोना संक्रमित भएको तीन दिनभित्र उच्च गुणस्तरको एन्टीबडी प्लाज्मा दिइएका व्यक्तिमध्ये २० प्रतिशतको ३० दिनभित्र मृत्यु भएको थियो। मृत्यु भएका ३० प्रतिशत संक्रमितहरूको न्यून गुणस्तरको एन्टीबडी प्लाज्माबाट उपचार गरिएको थियो। 

Xtrem

Xtrem

एफडीएले आपतकालीन प्लाज्मा उपचार विधिलाई अनुमति दिने वा नदिने भन्ने सम्बन्धमा गहन अध्ययन गरिरहेको जनाएको छ। एफडीएले यसका बारेमा शुक्रबार कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेको छ। 

कोभिड–१९ बाट निको भएका दशौं हजार व्यक्तिले प्लाज्मा दान गरिसकेका छन्। संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितको संख्या बढेसँगै प्लाज्मा दान गर्न मानिसलाई उत्प्रेरित गर्ने क्रम जारी छ। अमेरिकी रक्तसंचार केन्द्र संघले एक तिहाई अस्पतालहरुले अनुरोध गरेको २४ घण्टाभन्दा बढी समयपछि मात्र प्लाज्मा उपलब्ध गराउन सकिएको जनाएको छ। 

प्लाज्मा उपचार प्रभावकारी भए नभएका बारेमा प्रष्ट नभए पनि वैज्ञानिकहरु यो उपचार विधि कहिले शुरु गर्नुपर्छ भन्ने बुझ्न चाहन्छन्। उनीहरु प्लाज्मा दिँदा गम्भीर बिरामीलाई वा प्रारम्भिक दिनहरुमा दिनुपर्दछ अथवा कुन डोज सही हो भन्ने जान्न चाहन्छन्।  

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्