काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार १६८ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
१६० जना संक्रमित डिस्चार्ज भएको डा गौतमले जानकारी दिए। योसहित नेपालमा हालसम्म १७ हजार ४९५ उपचारपछि निको भएका छन्। हाल निको हुनेको अनुपात ६४ दशमलव २ प्रतिशत छ।
हाल १५ हजार १ सय ९८ जना क्वारेन्टाइनमा छन्। सोमबार ११ हजार ५ सय २० जनाको परीक्षण भएको छ। हाल ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन्। होम आइसोलेसन २ हजार ६ सय १ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।